मिडिया काउन्सिल विधेयक फिर्ताको मागसहित हस्ताक्षर प्रधानमन्त्रीलाई

संसदमा प्रस्तावित मिडिया काउन्सिल विधेयक फिर्ताको मागसहित नेपाल पत्रकार महासंघ बागलुङले प्रेस स्वतन्त्रताका पक्षमा सङ्कलित हस्ताक्षर जिल्ला प्रशासन बागलुङका प्रमुख जिल्ला अधिकरी लुक बहादुर क्षेत्री समक्ष बुझाएको छ । नेपाल पत्रकार महासंघको तेस्रो चरणको आन्दोलन अन्र्तगत मंगलबार बागलुङ बजारमा प्रेस स्वतन्त्रताका पक्षमा रहेका व्यक्तिहरुको हस्ताक्षर संकलन गरी शुक्रबार प्रजिअ मार्फत प्रधानमन्त्री केपी वलीलाई पठाइएको हो ।

मिडिया काउन्सिल विधेयक फिर्ताको माग राख्दै नेपाल पत्रकार महासंघले देशभरी शान्ति पूर्ण आन्दोलन गर्दै आएको छ । हस्ताक्षर बुझाउँदा बागलुङमा क्रियाशिल सवै पत्रकारहरुको सहभागिता रहेको थियो ।

सरकारले ल्याउन लागेको विधेयकले प्रेस स्वतन्त्रतालाई बन्देज गर्ने मात्र नभएर व्यक्तिहरुको सुचना पाउने अधिकारलाई समेत खोस्ने खोजेको भन्दै यसलाई खारेज गर्नु पर्ने नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले बताए ।

जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित