विहारमा मात्रै इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो

नयाँ दिल्ली, भारत । भारतको विहार प्रदेशमा फैलिएको इन्सेफ्लाईटिस रोगका कारण मृत्यु हुनेहरुको संख्या १६१ पुगेको छ । राज्यद्धारा सञ्चालित रेडियो अल इन्डिया रेडियोले शुक्रबारसम्म मृत्यु हुनेको संख्या १६१ पुगेको जनाएको छ।

मुजफ्फर जिल्लामा फैलिएको इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, स्वयम्सेवकलगायतका विषेश सहयोगीहरू परिचालन गरिएको पनि जानकारी दिएका छन्।

विहारका मुख्य मन्त्री नीतिशकुमारले पनि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूसँग पटक पटक छलफल गर्दै रोग फैलिन नदिन र विरामीहरूको उपचारलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन् । रोग नियन्त्रणका लागि आवश्यक सवै कार्य गर्न र त्यसका लागि जुनसकै श्रोत साधन परिचालन गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई उनले निर्देशन दिदै आएका छन् ।

मुख्यमन्त्री नितिशकुमारले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप चार लाख रुपैँया दिने घोषणा यसअघि नै गरिसकेका छन् । टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले त्यसबाट बच्न र त्यस्ता लक्षण देखिँदासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सक र विभिन्न निकायहरूले आह्वान गरेका छन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित