बीबीसी। नेपाललाई उत्तरी छिमेकी चीनसँग जोड्नका लागि प्रस्तावित काठमाण्डू(केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदनका ९डीपीआर० विषयमा दुई देशका अधिकारीहरूबीच बिहीवार छलफल भएको छ।
पछिल्ला महिनामा रेल परियोजना र डीपीआरको लगानीबारे सार्वजनिक रूपमै विमर्श भइरहेका बेला चीनको राजधानी बेइजिङमा सम्पन्न भएको बैठकमा भने परियोजनाका आर्थिक पाटाबारे खासै कुराकानी नभएको अधिकारीहरू बताउँछन्।
अन्तरदेशीय रेलमार्ग मात्र नभएर प्रस्तावित काठमाण्डू(पोखरा र काठमाण्डू–लुम्बिनी रेलमार्गका विषयमा समेत छलफल भए पनि प्राविधिक विषयनै टुङ्गिन नसकेको र बैठकको एजेन्डामा समेत आर्थिक विषयवस्तु नपरेकाले उक्त विषय छलफलका क्रममा नउठेको नेपालको बेइजिङस्थित नियोगका उप-प्रमुख सुशीलकुमार लम्सालले बताए।
डिसी नेपाल





