राष्ट्रलाई नोक्सान पुर्याउने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भिर नोक्सान पुर्याउने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पारे। उनले काम होल्ड गरेर बसेका ठेकेदार कम्पनीलाई निश्चित अवधि दिएर काममा लगाउन र त्यसो गर्न नसके उनीहरुमाथि कार्वाही गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए।

प्रधानमन्त्री ओलीले कामै नगरेर केही ठेकेदार कम्पनीहरुले समस्यामा पारेको उल्लेख गर्दै ती समस्या समाधान गर्न ढिलाई नगर्ने पनि स्पष्ट पारे। बुधबार ४५ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले जनता र राष्ट्रलाई प्रतिकूल हुने खालको कुनै पनि गतिविधि सैह्य नहुने पनि बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रको विकास, निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए। प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर जनतालाई सेवा र सुविधा दिने कुरालाई उच्च प्राथमिकतामा राखेर अघि बढने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले संविधानले राष्ट्र र जनताको हितलाई केन्द्र भागमा राखेको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि बताए।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित