गोर्खा अनलाइन रेडियो यूके,
नटिंगहम, एनआरएनए यूकेको आगामी निर्वाचनमा मिडल्याण्डबाट ८ जनाले संयुक्त रुपमा उमेद्वारी घोषणा गरेका छन् । मिडल्याण्ड क्षेत्रको प्रतिनिधित्व गर्दै एनआरएन आइसिसी सदस्यमा दयानिधि सापकोटा (लेस्टर) तथा एनआरएन यूकेको उपाध्यक्षमा पशुपति पोखरेल (लेस्टर) , सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल ( बर्मिंगहम), सहकोषाध्यक्ष विष्णु चालिसे ( नटिंगहम) र सदस्यहरुमा गोमा पौडेल ( वुल्भह्याम्पटन ), सशांक (कृष्ण) शर्मा पौडेल ( बर्मिंगहम), कृष्ण खराल ( नटिंगहम) र नृपेश उप्रेती ( पिटरबरो ) उम्मेदवार बनेका छन् ।
सोमबार नटिंगहममा आयोजित घोषणासभामा आइसिसी सदस्य लगायत एनआरएन यूके उपाध्यक्ष, सचिव र ५ सदस्यहरु गरी ८ जनाको उम्मेदवारी घोषणा भएको हो । आइसिसी सदस्यमा मिडल्याण्डको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका छन् दयानिधि सापकोटा अघिल्लो एनआरएन यूके निर्वाचनमा मिडल्याण्ड क्षेत्रका ४ उम्मेदवारको नेतृत्व गर्दै उपाध्यक्षको उम्मेदवार बने पनि सफल हुन् सकेका थिएनन । एनआरएन यूकेमा सल्लाहकार रहेका उनी लेस्टरस्थित सिर्जनशिल लेस्टर नेपालका पूर्व अध्यक्ष पनि हुन् । सचिव पदका उम्मेदवार कोशलेश्वर (कृष्ण) ढकाल मिडल्याण्डको बर्मिंगहमस्थित शान्ति नेपाली समाजका पूर्व अध्यक्ष हुन् । एनआरएन अभियानमा सक्रिय उनी गुल्मी जिल्ला समाज यूके लगायतका अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशिल छन् ।
सहकोषाध्यक्ष उम्मेदवार विष्णु चालिसे र सदस्यका उम्मेदवारहरु गोमा पौडेल, सशांक शर्मा, कृष्ण खराल र नृपेश उप्रेती पनि मिडल्याण्ड तथा बेलायतस्थित विभिन्नसंघसंस्थाका महत्वपुर्ण जिम्मेवारी समहालिसकेका अनुभवी सामाजिक व्यक्तित्वहरु हुन् । नृपेश उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा शंकर भण्डारीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमका सभापति एवम् साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
तस्विर शिव भण्डारी
एनआरएन यूके निर्वाचनका लागि मिडल्याण्डबाट ८ जनाको संयुक्त उमेद्वारी
एनआरएन यूके निर्वाचनका लागि मिडल्याण्डबाट ८ जनाको संयुक्त उमेद्वारी
तपाईको प्रतिक्रिया





