फोटोको लागि यहाँ क्लिक गर्नुहोला
लन्डन । गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनमा महासचिव पदको लागि फडिन्द्र भट्टराईले आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । गत आइतबार लण्डनको चाल्टर्नस्थित चाल्टर्न एसेम्ली हलमा आयोजित एक कार्यक्रममा भट्टराईले ११ बुंदे बेलायतको प्रतिबद्धताहरु सहितको आफ्नो उमेदवारी सार्वजनिक गरेका हुन् । कार्यक्रममा मिडल्याण्ड लगायत बेलायतका विभिन्न स्थानका संघसंस्थाका प्रतिनिधि समाजसेवी, व्यापारी,पत्रकारतथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । भट्टराई अहिले एनआरएनए आइसीसीको केन्द्रिय भाषा तथा साहित्य र मिडिया विभागको सदस्य छन् । उनी नेपाल पत्रकार महासंघ बेलायतको सल्लाहकार र सेतोपाटी अनलाइन पोर्टलका युरोप संयोजक पनि हुन् । उनले एनआरएनए यूकेमा कार्यसमिति सदस्य र सचिव गरी दुई कार्यकाल काम गरिसकेका छन् ।
भट्टराईले आफ्नी ममतामयी आमाको आशिर्वाद थाप्दै एनआरएन अभियन्ताहरु र बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि लगायत सम्पूर्ण बेलायतवासीहरुलाई साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । कार्यक्रममा आसन्न निर्वाचनका लागि विभिन्न पदका लागि उमेद्वारी दिनेहरुको पनि उपस्थिति रहेको थियो । ११ बुंदे प्रतिवद्धतासहित प्रस्तुत भएका भट्टराईले एनआरएनए अभियानमा आफ्नो अनुभव र ज्ञानलाई अझ उपल्लो स्तरबाट संस्थाका लागि योगदान गर्ने आकांक्षा राखेको बताए । संस्थालाई संगठनात्मक रुपमा बलियो र व्यवस्थित बनाउने एवं अध्यक्षको नीति तथा कार्यक्रमअनुसार संस्थाको विकास, सुधार र अभियान सफलताका लागि इमान्दारीपूर्वक र प्रतिवद्ध रुपमा काम गर्ने अठोट समेत व्यक्त गरे । ‘एनआरएनए यूकेको विधानले तोकेको काम, कर्तव्य र अधिकारमा निहित रहेर संस्थाको विधि विधान पालना गर्दै संगठनको विकासमा मेरो विवेक र क्षमताले भ्याएसम्म काम गर्नेछु’, उनले भने ।
घोषणासभामा एनआरएन युरोप महिला उपसंयोजक संगीता मरहट्ठा, आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएन यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, एनआरएन यूके उपाध्यक्षद्वय पुनम गुरुङ र ललित न्यौपाने, आईएनएस यूके अध्यक्ष ले चन्द्र गुरुङ, तमु धि यूके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, मिडल्याण्डका एनआरएन अभियन्ताहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, रणबहादुर केसी , विष्णु चालिसे, तारानाथ भण्डारी , लक्ष्मण गौतम र कला पोख्रेल , ले भट्टराईलाई शुभकामना दिए ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, तमु धि साउथ ईस्ट पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ, एनआरएन आइसीसी पूर्व सदस्य विनोद ज्ञवाली, चाल्र्टन नेपाली समाज यूके अध्यक्ष कृष्ण खरेल, रोयल ग्रीनवीच नेपाली सोसाइटी अध्यक्ष हरिगोविन्द गुरुङ, गुल्मी जिल्ला समाज यूके अध्यक्ष टोप पल्ली र संस्थापक अध्यक्ष ओमप्रसाद थापा, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, एनआरएन यूके पूर्व महासचिव कर्ण शाही, नेकपा बेलायतका नेताहरु दिनेश घिमिरे र सुरेश गौतम, साहित्य चौतारी यूके संयोजक वासु शर्मा, पासा पुचस् यूके पूर्व अध्यक्ष कुमार श्रेष्ठ, डार्टफोर्ड नेपाली समाज यूके अध्यक्ष दीपक थापा र पासा पुच साउथ ईस्ट अध्यक्ष सुशील प्रजापति लगायतले पनि भट्टराईलाई सफलताको शुभकामना दिए । वक्ताहरुले भट्टराई सालिन, बौद्धिक, अनुभवी र इमान्दार व्यक्तित्व भएको भन्दै उनको जीतले एनआरएनए यूकेको गरिमा अझ उचो हुने विश्वास व्यक्त गरेका थिए ।
फडिन्द्र भट्टराईद्वारा प्रस्तुत उमेद्वारी तथा प्रतिबद्धता पूरा हेर्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=gD_mUQVpAeM[/embedyt]
फडिन्द्र भट्टराईद्वारा गरिएको उम्मेदवारी घोषणा तथा ११ बुंदे प्रतिवद्धताहरु :
१. एनआरएनए को सदस्यहरुले आफ्नो परिचयपत्र समेत प्राप्त गर्न नसकिरहेको परिप्रेक्षमा एनआरएनए यूकेको सदस्यता व्यवस्थापन र वितरण प्रणालीलाई प्रभावकारी
बनाउन प्रयत्नशील रहने छु ।
२. एनआरएनए यूकेको समग्र क्रियाकलापहरुको कुशल संयोजनमा भूमिका खेल्ने छु ।
३. एनआरएनए यूकेले आयोजना गर्ने सभा, सम्मेलन, सेमिनार, गोष्ठी लगायतका कार्यक्रमको चुस्त ,दुरुस्त र प्रभावकारी संचालन गर्नेछु ।
४. कार्यक्रममा हुने, देखिने लामो र अनावश्यक खादा ,माला र भाषण प्रवृतिलाई न्यूनीकरण गर्ने प्रयास गर्नेछु ।
५ बैठक, सभा सम्मेलनका निर्णयहरुलाई कुशल अभिलेखीकरण गर्दै यसको सुचना सम्पूर्ण सदस्यसामु पुर्याउनेछु ।
६ एनआरएनए यूकेको कार्यसमितिले निर्दीष्ट गरेको निती तथा कार्यक्रमहरु उपयुक्त संयन्त्रमार्फत आम जनसमुदाय समक्ष सुचना प्रवाह गर्ने/ गराउने छु ।
७ एनआरएनए यूकेको विधान अनुरुप गठित विभिन्न क्षेत्रीय समितीहरुसंग समन्वय गर्दै उपयुक्त सल्लाह, सुझाव र निर्देशनमा प्रभावकारी भूमिका खेल्नेछु ।
८ विभिन्न विभागका क्रियाकलाप तथा प्रगति विवरण छलफलमा ल्याउदै त्यसको प्रभावकारी कार्यान्वयनमा भूमिका खेल्नेछु ।
९ एनआरएनए यूकेले तय गरेको नीति था योजनाहरुलाई सार्वजनिक छलफलमा ल्याउदै आवश्यक सल्लाह, सुझाव सहित संकलन गर्ने गरी सुचना आदान प्रदानलाई प्रभावकारी बनाउनेछु ।
१० सभा सम्मेलनहरुमा देखिने अनुशाशनहिनता र उद्दण्डतालाई निस्तेज गर्दै विधि विधान र संस्थागत प्रक्रियाहरुलाई अनुशरण गर्ने गराउने छु । कार्यक्रम तथा बैठकहरुको कुशल समन्वय गर्दै कोषाध्यक्ष तथा कार्यसमितिको सल्लाह र निर्देशनमा शान्त, सौम्य र स्तरीय कार्यक्रमहरु पस्किनेछु ।
११ एनआरएनए यूकेको तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद तथा आवश्यकताको बखत नेपाल सरकारक निकायहरुसंग समन्वय गर्दै नागरिकता तथा लगानी जस्ता दुरगामी महत्व र चासोका सवालमा भूमिका खेल्नेछु ।





