काठमाडौँ । लगातार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ बिन्दुले घटेर २६९.९७ अङ्कमा पुगेको छ। नेप्से परिसूचक घटेपनि कारोवार रकममा भने सामान्य वृद्धि भएको छ। कूल १७४ कम्पनीको १४ लाख ७३ हजार ८०८ कित्ता शेयर ४७ करोड २५ लाख २० हजार ८११ मा खरीद बिक्री भएका छन्।
स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ। बैंकिङ ७.१३, होटल २७.५७, विकास बैंक ११.९२, जलविद्युत् १०.८१, वित्त ६.७१, निर्जीवन बीमा १११.०३, उत्पादन ७.१३, लघुवित्त ३०.२, जीवन बीमा ३५.४५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ।
कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको प्रतिकित्ता ३२४ को दरले रु दुई करोड ९५ लाख ८० हजार ५६४ मा कारोबार भयो। यस्तै शिवम् सिमेन्टको प्रतिकित्ता ६४६ मा दुई करोड ५५ लाख १६ हजार ५७८, सिद्धार्थ बैंक दुई करोड ५४ लाख ६६ हजार ७६८, कृषि विकास बैंक प्रतिकित्ता रु ४०४ मा एक करोड ८१ लाख ६७ हजार ६२१ र एनआइसि एशिया बैंकको प्रतिकित्ता ४५१ मा एक करोड ६० लाख ९० हजार ९४० मूल्यमा शेयर खरीद बिक्री भए।
स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.७५ प्रतिशतले कमाए। यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ६.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.८९, हिमालयन ऊर्जा विकास कम्पनी ४.११, सपोर्ट माइक्रोफाइनाान्स वित्तीय संस्था ३.८३ र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीका शेयरधनीले २.६८ प्रतिशतले कमाए।
यसैगरी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ७.८७, विजय लघुवित्त वित्तीय संस्था ६.६०, आँखु खोला जलविद्युत् कम्पनी कम्पनी ६.२५, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.२०, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५.९५, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७६ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.४२ प्रतिशतले गुमाए।
स्टकमा आज दुई कम्पनीको शेयर मूल्य समायोजना भयो। सगरमाथा इन्स्योरेन्स कम्पनीले ६८ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता ६८१ मा मूल्य समायोजन गरेको हो। कम्पनीको औसत बजार मूल्य एक हजार १५ रहेको छ।
त्यस्तै गरी कामना सेवा विकास बैंकको पनि शेयर मूल्य समायोजन भएको छ। बैंकले १.५० प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता १६२ मा मूल्य समायोजन भएको हो। बैंकको औसत शेयर मूल्य रु १६९ रहेको छ।
डिसी नेपाल





