चन्द्रागिरिमा नगरस्तरीय अस्पतालको शिलान्यास

काठमाडौँ । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाको रु एक करोड र प्रदेश नं ३ सरकारको रु एक करोडको लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त सामुदायिक अस्पताल निर्माण हुनलागेको हो।

सो नगरस्तरीय अस्पतालको शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरे। कार्यक्रममा नेता नेपालले चन्द्रागिरि क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्न उक्त अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गरे। “चन्द्रागिरिका जनतालाई मात्र नभएर धादिङका जनतालाई समेत अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्नेछ”, उनले भने।

नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्यसेवाको अधिकारलाई पूरा गर्न अस्पतालले सहयोग पुग्ने बताए। १५ देखि २५ श्ययासहित निर्माण हुने उक्त अस्पताल साँढे तीनतले हुनेछ। प्रदेश सरकार र नगरपालिकाबाट नपुगेको रकम चन्द्रागिरि नगरपालिका–८ ले व्यहोर्ने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए।

एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण हुनलागेको अस्पतालमा वार्षिक एक लाखभन्दा बढीले सेवा पाउने नगरपालिकाले जनाएको छ। चन्द्रागिरि नगरपालिका क्षेत्रफलका आधारमा प्रदेश नं ३ कै सबैभन्दा ठूलो नगरपालिका हो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित