म आइसक्या छु, सरकारले विधेयक सच्याउँछ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने बताएका छन्।

साँस्कृतिक, ऐतिहासिक धरोहर, परम्परा, रितिस्थितिमाथि जानेर/नजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउने उनको भनाइ छ।

युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले जनताको मन दुखाउन नचाहेको बताए।

‘म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परतामा कुनै कुराले कहीँ पनि जानेर/नजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ,’ उनले भने।

गुठीले गरिबमाथि शोषण भइराखेको उनले बताए।

‘कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइराखेको छ,’ प्रधानमन्त्रीले भने, ‘साँस्कृतिक धरोहरसँग जोडिएका ठाउँमा कतै धक्का लागेको रहेछ भने सरकारले विचार गर्छ।’

उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे।

‘केही मान्छेले खुबै मौका पायौं भनेका होला कुनै चान्स छैन,’ उनले भने, ‘यो सरकारले जनताका हितमा काम गर्छ।’

उनले जनताको भावना र हितविपरीत हुने कुनै पनि कुरा सरकारले नगर्ने पनि बताए। जनतालाई देवता मान्ने, सर्वोपरी मान्ने हित र आदेशअनुसार काम उनको भनाइ छ।

‘जनताप्रति सरकार उत्तरदायी छ। जनताका कुरा सुन्छ। जनताका हितमा काम गर्छ,’ उनले भने, ‘जनता नै सार्वभौम भएकोले अब आन्दोलन गरिराख्नुपर्दैन।’

उनले कुनै पनि कुरा शतप्रतिशत नहुने भन्दै सरोकारवाला पक्षले कहाँनेर कमजोरी भयो औंल्याउनुपर्ने बताए।

‘जनता भड्काउन सकिँदैन जनता के कारणले भड्कन्छ?,’ उनले भने।

उनले आफ्नो नेतृत्वको सरकार जनताको मन हसाउन बनेको बताए। ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन हँसाउन हो,’ उनले भने।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित