गर्भवतीलाई कीटनाशक झुल वितरण

औलोरोगको जोखिममा रहेको बैतडीको तल्लोस्वराडमा क्षेत्रका गर्भवती महिलालाई किटनाशक झुल वितरण गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाले वडा नं १, २ र ३ मा रहेका ४० गर्भवतीलाई कीटनाशक झुल वितरण गरेको प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीका अहेव मोहन कलौनीले बताउनुभयो । लामुखुट्टेको टोकाइबाट औलोरोग सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बचाउन गर्भवतीलाई झुल वितरण गरिएको होे ।
लामखुट्टे हुर्कन सक्ने खालको वातावरण हुँदा पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढेको छ । गत वर्ष शिवनाथमा तीन जनामा औलोरोग देखापरेको थियो । औलोरोग नियन्त्रण गर्ने उद्देश्यसहित झुल वितरण गरिएको हो ।
यस्तै दुई वर्षमुनिका बालबालिका रहेका १४० परिवारलाई तरकारीको बीउ वितरण गरिएको छ । तरकारीबाट पोषणमा सुधार ल्याउनका लागि तरकारीको बीउ वितरण गरिएको शिवनाथ गाउँपालिकाले जनाएको छ ।

औलोरोग लागेमा उच्च ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी आउने तथा समयमा उपचार हुन नसके बिरामीको मृत्युसम्म हुनसक्ने भएकाले समयमै सचेत रहन पनि स्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ । यस्ता लक्षण देखिएकामा अनिवार्यरूपमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको हो ।

आफ्नो शरीरमा औलोको संक्रमण जान्न रक्त परीक्षण अनिवार्य भएको भन्दै स्वास्थ्य कार्यालय बैतडीका डा जगदीशचन्द्र विष्टले स्वास्थ्य संस्थामा गई निःशुल्क रक्त परीक्षण गराउनसमेत आग्रह गर्नुभयो । स्वास्थ्यकर्मीका अनुसार एनोफिलिस जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेर एक मान्छेबाट अर्को मान्छेमा औलो रोग सर्ने गर्दछ । औलोरोग रोकथामका लागि सुत्दाखेरी झुलको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने, घरवरिपरि भएका पानीका खाल्डाखुल्डी पुर्नुपर्दछ ।

सरकारले औलो कार्यक्रमको रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार सन् २०२६ भित्रै राष्ट्रलाई औलो उन्मूलन क्षेत्र घोषणा गर्ने रणनीति तयार पारिसकेकोे छ । सरकारले रणनीतिअनुसार औलो प्रभावित क्षेत्रलाई सन् २०१८ भित्र शून्यमा झार्ने लक्ष्य लिए पनि पूरा हुनसकेको छैन ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित