ट्याक्सी दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते

बागलुङ – बागलुङको हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी दुर्घटना भएको छ । नुवाकोट जाँदै गरेको ध १ ज ५१३ नम्बरको ट्याक्सी भेडीखोलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् । दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोटका मन बहादुर खत्रीको उपचारका क्रममा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा शनिबार विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते हुनेमा नुवाकोट निवासी सवारी धनी तथा चालक हुम बहादुर कुँवर र आयुष कार्की रहेका छन् ।

घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिए । रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडकदेखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित