काठमाडौं । एक निजी विद्यालयका प्रिन्सिपलको निधनको शोकमा आज आइतबार काठमाडौं उपत्यकाका सबै निजी विद्यालयमा विदा दिइएको छ।
कान्तिपुर एकेडेमी जोरपाटीका प्रिन्सिपल, गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष तथा काठमाडौं एनप्याब्सनका सहसचिव बालकुमार गुरुङको निधनको शोकमा आज काठमाडौं उपत्यकाका निजी विद्यालयमा शोक विदा दिइएको हो। प्याब्सन काठमाडौं र एनप्याब्सन काठमाडौंले संयुक्त विज्ञप्ती निकाली शोक विदा दिनेबारे जानकारी दिएका हुन्।
प्याब्सन काठमाडौंका अध्यक्ष हरि कृष्ण श्रेष्ठ र एन प्याब्सन काठमाडौंका अध्यक्ष विष्णु प्रसाद पराजुलीले संयुक्त विज्ञप्ती जारी गरी उक्त दिनका लागि तय गरिएको शोक विदाप्रति साथ दिनका लागि पनि सरोकारवाला सबै निकायलाई आग्रह गरेका छन्। गुरुङको बिहीबार निधन भएको हो।
डिसी नेपाल





