गोर्खा अनलाइन रेडियो यूके,
गृहमन्त्रीस्तरीय निर्णयबाट १९जना डीआईजीलाइ विभिन्न स्थानमा सरूवा गरिएको छ । मन्त्रालयले प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ मा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्यूरोमा हरिबहादुर पाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कमलबहादुर जिसी, महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी र योजना अन्वेषण निर्देशनालयमा केदार रिजाललाई सरुवा गरिएको छ ।
तेस्तै सूर्य उपाध्याय एअरपोर्ट, महेश बिक्रम राष्ट्रिय सुरक्षा परिषद, दानसिंह बोहोरा राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्ज, सुरज केसी सुरक्षा निर्देशनालय र महेन्द्र पोखरेललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ । वर्तमान व्यबस्था अनुसार प्रदेशमा डीआईजी नै प्रमुख हुनेछन् ।





