
सामाजिक संजाल सेरोफेरो’
प्रकाश न्यौपानेको फेसबुकबाट , एन आर एन यूके अधिवेशन तथा वर्ष १९/२१ कार्यसमिति निर्वाचन दिन प्रतिदिन नजिकिदै छ । फाट्टफुट्ट उम्मेद्बारी को घोषणा सुन्नमा आइ रहेको पाइन्छ । कोहि आफ्नै बल, बुद्धि, क्षमता तथा अनुभवको आधारमा अघि बढेका छन त कोहि अरुले उचालेको भरमा उठेका छन । कोहि संस्था लाई केही गर्छु भन्ने उद्देश्य लिएर हिडेका छ्न त कोहि पुगे पछि देखि जाला सोचेका छन ।
समाजिक संजालमा उम्मेद्बारी दिने आधुनिक प्रचलनले समाजिक संजाल प्रयोगकर्ताले के कति उमेदवार थपिएको जानकारी लिन समाजिक संजाल वढी प्रयोग गर्न पर्ने बाध्यता देखिएको छ ।कसैकोमा पाहुना भएर जानुस् अथवा कोहि पाहुना बोलाउनु होस सलाम नमस्कार नसकिदै वाइफाइ को पासवर्ड दिने तथा लिने काम हुन्छ । त्यस पछि आँखा छ मोबाइलमा । नुन खाएको कुखुरा जस्तै ।
केही समय पछि वलि दिनु अघिको पानी छम्केको पाठो भट्भटाए जस्तो अचानक होस मा आउछन । अचानक आयोजक वा पाहुना भएको चाल पाउँछन् । यो सबै बाध्यता हो । उमेदवारले छिटो छिटो उम्मेद्बारी दिएर सके यो सबै गर्नु पर्ने थिएन । यति धेरै समय सामाजिक संजालमा प्रयोग गर्नु पर्ने थिएन । उम्मेद्बारी दिने सबै उमेदवार को जित हुदैन ।
यो धुर्वसत्य कुरो हो । उम्मेद्बारी दिने सबैको लक्ष्य जीत हुन्छ । यो भने अहिले पुरानो भनाइ भयो। अहिलेका उमेदवार को एउटै लक्ष्य छ “सके आमैले घिउ हाल्देलिन, नभए खट्टे सेलाउला” अर्थात सके चुनाव जितिएला नत्र चर्चित बनिएला । यो भन्दा ठूलो चर्चा मा आउने मौका कहाँ पाइन्छ र ? फेसबुक साभार प्रकाश न्यौपाने ।





