काठमाडौं । आज पनि देशका धेरैजसो स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।
आज देशको पूर्वी तथा मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज राति देशको पूर्वी भू–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली हुनेछ ।
पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
डिसी नेपाल





