Home > Blog > पास्नीको भोज खाँदा ३० जना बिरामी

पास्नीको भोज खाँदा ३० जना बिरामी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० भन्दाबढी बिरामी परेका छन् । बुधबार रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० भन्दाबढी बिरामी परेको जनाइएको छ । विरामी मध्ये १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।

भोज खाएपछि अचानक गएरातिदेखि बिरामी पर्न थालेपछि १९ जनाको अवस्था जटिल भएकाले बिहीबारअबेर मात्र जिल्ला अस्पताल लगिएको थियो । बिरामीमा दिसा पातलो हुने, बान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ ।

बिरामीमध्ये भारमाले र सुकौरा गाउँका मात्र २० जना रहेको उपचारमा संलग्न सुजन घलेले बताए । घटना कसरी भयो भन्नेबारे अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1