Home > Blog > दुई दिनदेखि वेपत्ता युवा मृत फेला

दुई दिनदेखि वेपत्ता युवा मृत फेला

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

विराटनगर : घरैबाट दुई दिनदेखि वेपत्ता बनेका मोरङको पथरीशनिश्चरे नगरपालिका-८ का एक युवा बिहीबार बिहान १०:३० बजे मृत फेला परेका छन्। पथरीशनिश्चरे-१ स्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र ३१ वर्षीय विमल परिवार मृत फेला परेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले दिए।

उनका अनुसार विमल गत मंगलबारदेखि परिवारका सदस्यबाट सम्पर्कविहीन बनेका थिए। पूर्व-पश्चिम राजमार्गबाट चार सय मिटर उत्तरमा भेटिएको शव सडेगलेर दुर्गन्धित भएको अवस्थामा रहेको श्रेष्ठले बताए।

साथमा एउटा मोबाइल र एक आफन्तको धनीपूर्जा फेला परेको छ। ‘आफन्तको धनीपूर्जा पनि साथमा फेला परेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘त्यही भएर मृत्युलाई शंकास्पद रुपमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको छ।’ मृत्युको कारण खुलिनसकेको र अनुसन्धानपछि खुल्ने जाने प्रहरीले बताएको छ।शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ।
अन्नपूर्ण पोष्ट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1