गोर्खा अनलाइन रेडियो यूके,
लन्डन – युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणको अन्तिम दिन नेपाली दूतावासद्वारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गरेका थिए । आफ्नो सम्बोधन भाषणका क्रममा उनले विदेशमा बसेर शिप,ज्ञान र धन आर्जन हाँशिल गरेर आफ्नो कारोबार टुंग्याएर स्वदेश फर्कन आग्रह गरेका छन् । नेपालीहरु जहाँ बसेपनि कसैलाई दुख नदिने र मिलेर बस्न सक्ने खुबी भएको र मत्रिभूमिलाई माया गर्ने बताउदै समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा लाग्न ओलीले आग्रह गरेका थिए ।
नेपाल र बेलायतबीच सम्बन्ध हुनुभन्दा एकवर्ष अगाडी नै गोर्खालीसंगको सम्बन्ध भएको बताउंदै नेपालीहरु वीर भएको सबैभन्दा पहिले बेलायतले नै थाहा पाएको बताए । सोहि अवसरमा बेलायत सरकारका एशिया प्यासिफिक मामिला राज्य मन्त्री मार्क फिल्डले नेपालका प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको पुरानो मैत्रीपुर्ण सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गरे । 
बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले आफ्नो स्वागत मन्तव्यको क्रममा भने, अब बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमणको लागि तयारी गर्नुपर्ने समय आएको धारणा राखे । साथै बेलायत र नेपालबीचको सम्बन्धको बारेमा पनि प्रकाश पारेका थिए । सोमबार साँझ २० सदस्यीय भ्रमण टोलीसहित बेलायत आइपुगेका प्रधानमन्त्री ओलीले सोहि दिन साँझ अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गरेका थिए ।
उनले मंगलबार बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरेसा मे, विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन, बेलायती मन्त्री, सांसद लगायतलाई भेटेका थिए । सगरमाथा आरोहणका क्रममा हालै भएको दुखद घटनलाई स्मरण गर्दै बीबीसी टेलिभिजनद्वारा सोधिएको प्रश्नलाई प्रधानमन्त्री ओलीले प्रष्ट पार्दै व्यबस्थापन लगायतका विषयलाई पुनर्विचार गरिने बताएका थिए । आफ्नो छोटो भ्रमण पूरा गरि दूतावासद्वारा आयोजित सम्मान कार्यक्रम लगतै प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित रेलबाट फ्रान्स तर्फ प्रस्थान गरे । बाँकी फोटो हेर्न यहाँ क्लिक गर्नुहोला ।
प्रधानमन्त्री ओलीद्वारा गरिएको सम्बोधन भाषणको पूर्ण अंश
[embedyt] https://www.youtube.com/watch?v=v9MFSoYbbVg[/embedyt]





