भद्रपुर । राज्य विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव समूहका चार कार्यकर्ता आज रिहा भएका छन्।
रिहाइ हुनेमा ताप्लेजुङ मौवा खोला गाउँपालिका वडा नं १ हाल दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय विजय दर्नाल, बुद्धशान्ति गाउँपालिका–२ का ३८ वर्षीय गणेश विश्वकर्मा, ताप्लेजुङ फत्तालुङ गाउँपालिका–२ का ३० वर्षीय विदुर शेर्पा र सोही गापाका २८ वर्षीय फुर्वा शेर्पा रहेका छन्।
उनीहरुले पार्टीको कुनैपनि जिम्मेवार तहमा रहेर अराजक गतिविधि नगर्ने र बाँकी जीवन स्वतन्त्ररुपले यापन गर्ने भनी जिल्ला प्रशासन कार्यालय झापामा दिएको निवेदनका आधारमा उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार उनलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकलगायतको रोहबरमा रिहाइ गरिएको हो।
डिसी नेपाल





