समुद्रमुनीको रेलमार्गबाट प्रधानमन्त्री ओली फ्रान्स जाँदै, यस्तो छ समुद्र मुनिको सुरुङ

काठमाडौं । युरोप भ्रमका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बेलायतबाट फ्रान्स जाँदैछन् ।

बेलायतमा सोमबार साँझ पुगेका प्रधानमन्त्री ओली आज त्यहाँबाट फ्रान्सको राजधानी पेरिस जान लागेका हुन् । उनी बेलायतबाट भूमिगत रेलमार्फत् फ्रान्स जाने छन् ।

उनी ‘युरो टनेल’ नाम गरेको समुद्रमुनीको सुरुङमार्गमार्फत् रेल चढेर फ्रान्स जान लागेका हुन् ।

यो टनेल ५० किलोमिटर लामो छ । समुद्र मुनी रहेको यो सुरुङबाट हरेक वर्ष करिब १ करोड मानिसले यात्रा गर्ने गरेका छन् । यो सुरुङमा चल्ने रेलका माध्यमबाट बेलायत र फ्रान्सबीच हरेक वर्ष करिब १६ लाख त गाडीमात्रै ढुवानी हुने गरेका छन् ।

फ्रान्स र बेलायतलाई सुरुङ मार्गले जोड्ने सपन करिब २०० वर्ष पुरानो भए पनि यो प्रोजेक्ट सन् १९८० मा सुरु भएको थियो । निर्माण सुरु गरेको १४ वर्षपछि सन् १९९४ मा सुरुङले पूर्णता पाएको थियो ।

त्यतिबेला यसलाई सडक मार्गका रुपमा बस तथा अन्य गाडीहरु कुदाउने मार्ग बनाउने सोचिएको भए पनि अहिले त्यहाँ रेलमात्र कुदाउने गरिएको छ ।

फ्रान्सका तानाशाह नेपोलियन बोनापार्टले सन् १८८० मै बेलायतसँगको सुरुङ मार्ग जोड्ने विषयमा योजना अघि सारेका थिए । त्यतिबेला त्यो प्रोजेक्ट पुरा हुन सकेन । काम सुरु नै गरिए पनि आधुनिक उपकरणहरुको अभावले कामले निरन्तरता पाउन सकेको थिएन ।

पछि दुई देशबीच पटकपटक भएका छलफलपछि दुबै देश युरो टनेलका लागि सहमत भए । तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले सुरुङ मार्गमा काम गर्ने मजदुरको सुरक्षाको चिन्ताका कारण काम अघि बढाउने वा नबढाउने दोधारमा भएका बेला चौतर्फी दबाबहरु आएपछि काम सुरु गरिएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित