काठमाडौं । कास्की, पोखरा महानगरपालिका १० ईन्द्र चोकमा बा १४ च ५८१२ नम्बरको भ्यानले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक काभ्रे घर भएका २० वर्षीय कृष्ण प्रसाद चौलागाँईको पोखरा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको छ।
भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै रौतहटको गरुडा नगरपालिका ८ जिगडियास्थित सडकमा बीआर २२ एन ३२९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार राजपुर नगरपालिका ९ बैरिया बस्ने ७० वर्षीया शेश भुइलीको चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





