गोर्खा अनलाइन रेडियो यूके,
लन्डन- युरोप भ्रमणका क्रममा स्वीट्जरल्याण्डको भियना हुँदै बेलायत आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच आज भेटघात भएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा भेटवार्ता भएको थियो । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पराराष्ट्र सचिव शंकर बैरागी र बेलायतका लागि नेपाली राजदूत दुर्गाबादुर क्षत्री पनि सहभागि थिए ।
तेस्तैगरी आजै प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती राजकुमार प्रिन्स ह्यारिबीच पनि छोटो भेटघाट भएको छ । प्रधानमन्त्री ओलीलाई राजकुमार ह्यारीले केंजिंगटन प्यालेसमा स्वागत गरेका थिए ।
आज बिहान प्रधानमन्त्री ओलीले नेपाली दूतावास लण्डनमा एक कार्यक्रमकाबीच भूतपूर्व गोर्खा, गैरआवासीय नेपाली, नेकपा कार्यकर्ता लगायतका नेपाली समुदायका अगुवाहरुसंग पनि भेटघाट गरेका थिए । आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउने उद्देश्यले युरोपका तीन देशको भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले हिजो सोमबार सांझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा उपस्थित भएका थिए ।
तेस्तैगरी भोलि जुन १२ तारिख बुधबारका दिन बेलायतस्थित नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले प्रधानमन्त्रीको सम्मानमा रिसेप्सन कार्यक्रमको आयोजना गरेका छन् । सोहि दिन प्रधानमन्त्री ओली फ्रान्स जानेछन् । उनले फ्रान्सको दुई दिने औपचारिक भ्रमण गर्नेछन् ।
नेपाल-फ्रान्स दौत्य सम्बन्धको ७० औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सन् २००२ को औपचारिक भ्रमण भएको १७ बर्षपछि प्रनधानमन्त्री यो नै औपचारिक भ्रमण हो । तस्विर लन्डन नेपाल न्यूज /एभरेष्ट गौतम
प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच भेटघाट
प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच भेटघाट
तपाईको प्रतिक्रिया





