गोर्खा अनलाइन रेडियो
फोटो हर्ने यहाँ क्लिक गर्नुहोला
युरोप भ्रमणका क्रममा स्वीट्जरल्याण्डको भियना हुँदै प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य (बेलायत) भ्रमणमा आइपुगेका छन् । प्रधानमन्त्री ओली लगायतको नेतृत्व टोलीलाई हिथ्रो विमानस्थालमा बेलायती आर्म्ड फोर्सेस राज्यमन्त्री मार्क लांकास्टर र बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा गएका हुन् ।
आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउने उद्देश्यले युरोपका तीन देशको भ्रमणमा निस्केका प्रधानमन्त्री ओली सोमबार सांझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा उपस्थित भएका थिए । बेलायतकी प्रधानमन्त्री टेरिसा मेको निमन्त्रणमा २० सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको तीन दिने औपचारिक भ्रमणका लागि बेलायत आइपुगेका छन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य , परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई लगायत छन् । लन्डन उत्रिए लगत्तै अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्नको लागि प्रधानमन्त्री हेलिकोप्टर चढेर अक्सफोर्ड पुगेका ओलीले नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयहरुलाई प्रष्ट पारेका थिए । यसै क्रममा तीनजना व्याक्क्तिहरुद्वारा राखिएको जिज्ञासाको बारेमा प्रष्ट पार्ने ओरयास गरेका थिए । नेपालको छिमेकी राष्ट्रसंगको सम्बन्ध, वर्तमान सरकारबीचमा भएको सत्ता बाँडफाड र विदेश निती लगायतका बारेमा जिज्ञासा राखिएको थियो ।
अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्रोफेसर, रिसर्चरका साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि गरी करिब ४ सय सहभागीहरुमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजनाहरुबारे पनि सुनाएका थिए । प्रधानमन्त्री ओलीले मंगलबार बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मेसहित विभिन्न पार्टीका बेलायती सांसदसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले भूतपूर्व गोर्खा, गैरआवासीय नेपाली, नेकपा कार्यकर्ता लगायतका नेपाली समुदायका अगुवालाई पनि भेट्नेछन् । बेलायतस्थित नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले १२ जुनमा प्रधानमन्त्रीको सम्मानमा रिसेप्सन आयोजना गरेका छन् । त्यसका लागि दुताबासले बेलायतस्थित विभिन्न संघ संस्था, पत्रकारहरु र बिशिष्ठ व्यक्तिहरुलाई निमन्त्रणा पठाइसकेको छ ।
सोहि दिन बुधवार प्रधानमन्त्री ओली फ्रान्स जानेछन् । उनले फ्रान्सको दुई दिने औपचारिक भ्रमण गर्नेछन् । नेपाल-फ्रान्स दौत्य सम्बन्धको ७० औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सन् २००२ को औपचारिक भ्रमण भएको १७ बर्षपछि प्रनधानमन्त्री यो नै औपचारिक भ्रमण हो ।
प्रधानमन्त्री ओलीद्वारा गरिएको सम्बोधन भिडियो हेर्नुहोला
[embedyt] https://www.youtube.com/watch?v=yiQauRDWtRI[/embedyt]





