गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम गत शनिबारका दिन लन्डनको फेल्थममा सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष राजन कुमार क्षेत्रीको सभापतित्वमा भएको थियो । कार्यक्रममा एनआरएन केन्द्रीय सदस्य सिम्खडा, एनआरएन उपाध्यक्ष कूल आचार्य, यती एसोसियसन युकेका अध्यक्ष ध्रुव केसी, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योग कुमार फगामी, जान्वी फाउन्डेसनकी अध्यक्ष जान्वी बोहरा, एनआरएन नेता कृष्ण तिमल्सिना पत्रकार लगायतका विभिन्न पेशा र क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरु लगायत बेलायतका विभिन्न स्थानका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत सुवेदीले प्रधानमन्त्री ओलीको बेलायत भ्रमणको महत्वको बारेमा चर्चा गरेका थिए । यहि जुन १० देखि १३ तारिखसम्म हुन गैरहेको प्रधानमन्त्री केपी ओलीको बेलायत भ्रमण बेलायतवासी नेपालीहरुको सौभाग्य भएको र सार्वभौम, स्थिर, सवल र सक्षम सरकारको प्रतिनिधित्व गर्दै बेलायत आउन लागेको हुँदा उहाँको स्वागत र सम्मान गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको स्वागत र सम्मान नेपाल, नेपाल सरकार लगायत समस्त नेपालीहरुकै सम्मान भएको उनले बताए । देश विकासको क्रममा रहेकोले कतिपय गुनासा र अप्ठ्याराहरु होलान तिनै भावना र सद्भावलाई प्रतिविम्बित गर्ने उद्देश्यले देशको प्रधानमन्त्री बेलायत आउदै हुनुहुन्छ शिर उच्च राख्नुस, राजदूत सुवेदीले भने । साथै देशमा परेको आपत विपत र दुखकष्टमा बेलायातवासीले खुल्ला हृदयले गरेको मानवीय सहयोगबारे प्रधानमन्त्री समक्ष प्रस्तुत गर्ने प्रतिबद्धता पनि राजदूत सुवेदीले गरेका थिए ।
संस्थाकी उपाध्यक्ष प्रतिमा केसीद्वारा लेखिएको ‘पानीको विद्रोह’ नामक कृतिको पनि राजदूत सुवेदीद्वारा उद्घाटन गरिएको थियो | जसमा ४९ कविता संग्रह रहेको छ । समाजद्वारा केही महिनाअघि लन्डनमा गरिएको नेपाली कविता कन्सर्टमा सहभागी स्थानीय श्रष्टाहरु फडिन्द्र भट्टराई, नृपेश उप्रेती, रेखा खरेल, रमेश कायस्थ र कन्सर्ट संयोजक रामशरण सिम्खडालाई राजदूत डा. सुवेदी, संरक्षक ध्रुव केसी, एनआरएनए उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले सम्मान गरेका थिए । उक्त कन्सर्टबाट करिब १७ लाख रुपैयां संकलन भएको थियो । संकलित रकमलाई जान्वी फाउण्डेशनको सहकार्यमा विधयुतीय पुस्तकालय भवन निर्माण शुरु भैसकेको छ ।
महासचिव कुमार केसीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा एनआरएनए उपाध्यक्ष कुल आचार्य, संरक्षक ध्रुव केसी, सल्लाहकार रामशरण सिम्खडा, जान्वी फाउण्डेशन नेपालकी अध्यक्ष जान्वी बोहोरा, ’मिस इंग्ल्याण्ड २०१९’ फाइनलिष्ट प्रतिष्ठा राउत, मन्तव्य दिएका थिएका थिए भने श्रेया कुंवरले च्यारीटी सम्बन्धि आफ्नो धारणा राखेकी थिइन् । जान्वी फाउण्डेशन नेपालकी अध्यक्ष जान्वी बोहोराले क्षेत्री समाजद्वारा प्राप्त सहयोगले पुर्याएको योगदानको प्रशंसा गर्दै सहयोगी बेलायातवासीलाई धन्यबाद दिएकी थिइन् । कार्यक्रममा सुलभ श्रेष्ठ, प्रतिमा केसीले कविता वाचन गरेका थिए ।
तेस्तैगरी नेपालका चर्चित कलाकारहरु कुलेन्द्र विक, भूमिका गिरीले लोकप्रिय गीतहरुमार्फत मनोरंजन दिलाएका थिए भने स्थानिय कलाकारहरु दीपक थापा, अदिती अधिकारी, अमिस खड्का, सुस्मिता थापा लगायतले आआफ्नो प्रस्तुती दिए । सुस्मिता थापा, सुनिता थापा, अदिती अधिकारी, अमिस खड्का आदिले नृत्य प्रस्तुत गरेका थिए । कारुअक्रमको अर्को आकर्षकको रुपमा रहेको लक्की ड्रा अन्तर्गत राखिएका क्याराभान होलिडे, सुनका गहना लगायत अन्य आकर्षक पुरस्कारहरु वितरण गरिएको थियो ।
जस अन्तर्गत प्रथम पुरस्कार केटीएम ट्राभल्स एण्ड टुर्सद्वारा ६ जनाको लागि ३ दिनको क्याराभान होलिडेको कुपन केटीएम ट्राभल्सका सुनिल थापाद्वारा प्रदान गरिएको थियो । दोस्रो पुरस्कार सुनको तिलहरी, तेस्रो पुरस्कार सुनको जन्तर, चौथो पुरस्कार सुनको जुन क्लिप जस्ता अन्य थुप्रै पुरस्कारहरु वितरण गरिएको थियो ।कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने व्यक्ति र आजीवन सदस्यहरुलाई पनि सम्मान गरियो ।
सो अवसरमा उपाध्यक्ष यज्ञ क्षेत्रीले स्वागत र महिला उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रतिमा केसीले धन्यवाद मन्तव्य दिएकी थिइन् । भेटघाट रेष्टुरेन्ट अल्डरसटद्वारा खानपिनको आयोजना गरिएको थियो भने डीजे हेम बिष्टले साउण्ड व्यबस्थापन र हिमालयन डेकोरेसन ट्रेडिंगद्वारा गरिएको हल सजावटले हललाई थप आकर्षक बनाएको थियो । बाँकी फोटो हेर्नुहोस





