लोकसेवामा ७० हजारको आवेदन, समावेशीतर्फ ३० हजार

काठमाडौं । एक अपांग आदिवासी महिलाले विभिन्न समावेशी समूहअन्तर्गत महिला, आदिवासी जनजाति, अपांग र खुलातर्फ आवेदन दिन सक्ने व्यवस्था रहेको छ । यसरी आवेदन दिनेको संख्या अत्यधिक रहेको आयोगले जानकारी दिएको छ ।

आयोगको परीक्षा रोकिए लाखौँ युवायुवतीको भविष्य संकटमा पर्ने विज्ञहरूले बताएका छन् । कुनै पनि वहानामा परीक्षा रोकिन नहुने उनीहरूको सुझाव छ । सडकदेखि संसदसम्म लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गर्नुपर्ने आवाज उठिरहेका बेला आयोगको परीक्षाको तयारी गरिरहेका लाखौँ युवायवुतीलाई भने यसले कुनै असर नपारेको पाइएको छ ।

लोकसेवा आयोगका अनुसार झन्डै ८ लाख युवायुवतीहरू लोकसेवाको परीक्षाको तयारीमा छन् । उनीहरूले आवेदन गर्ने क्रम दिनानुदिन बढिरहेको आयोगले जनाएको छ। आवेदन दिनेहरूले लोकसेवाको परीक्षाको आवश्यक तयारीसमेत गर्न थालिसकिएको बताएका छन् ।
लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा आइतबारसम्ममा झन्डै ७० हजारको संख्यामा आवेदन परेको छ ।

आयोगका अनुसार आइतबारसम्म आवेदन दिनेको संख्या ६६ हजार ७९४ रहेको छ भने समावेशीतर्फ झन्डै ३० हजारको संख्यामा आवेदन परेको छ । समावेशी समूहतर्फ आरक्षण गरिएका विभिन्न समूहअन्तर्गत २८ हजार ८६१ जनाले आवेदन दर्ता गराइसकेका छन् ।

संसद र सडकमा समावेशी सिद्धान्तको पालना नगरी विज्ञापन आह्वान गरिएको भन्दै विरोध भइरहेको अवस्थामा ठूलो संख्यामा समावेशीतर्फ पनि आवेदन परेको छ । दैनिक १० हजारदेखि १५ हजारको संख्यामा आवेदन परिरहेको लोकसेवा आयोगले जनाएको छ ।

यसरी आवेदन दर्ता भएका समावेशी समूहअन्तर्गत महिलातर्फ १६ हजार ४६९, आदिवासी जनजातितर्फ ७ हजार ९८२, मधेसीतर्फ ३ हजार ८४७, दलितमा ५०६ पिछडिएका वर्गमा १९ र अपांगतर्फ ३८ जनाको आवेदन परेको छ । यसरी आवेदन दिनेहरूले खुलातर्फ समेत आवेदन दिने गरेका छन् । आयोग स्रोतका अनुसार एकै व्यक्तिले विभिन्न समावेशी समूहअन्तर्गत रहेर आवेदन दर्ता गराएका छन् ।

राजधानी दैनिक

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित