Breaking News
Home > Blog > बर्दियामा ट्रयाक्टर र अटो दुर्घटना, २० घाइते, ८ गम्भीर

बर्दियामा ट्रयाक्टर र अटो दुर्घटना, २० घाइते, ८ गम्भीर

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गुलरिया : बर्दियाको गुलरिया नगरपालिकामा ट्रयाक्टर र अटो छुट्टाछुट्टै र्दुघटना हुँदा २० जना घाइते भएका छन्। भारत तर्फको सीमानामा लागेको लक्कडबाबाको मेलाबाट फर्किने क्रममा शुक्रबार राती बर्दियाको गुलरिया नगरपालिका-९ गोडियनपुरवामा केही समयको फरकमा ट्रयाक्टर र अटो र्दुघटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार हर्ष तिरुवाका अनुसार ट्रयाक्टरको ट्रली पल्टिएर दुर्घटना भएको हो। ट्रलीका १६ जना घाइते मध्ये ६ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी बताएको छ।

घाइते हुनेहरुमा महिला तथा बालबालिकाका धेरै रहेका छन्। गुलरिया नगरपालिका वार्ड नम्वर ८ निवासी निलम लोध (१५ वर्ष), सुमनकुमारी लोध (९ वर्ष), सरिता बनिया (१३ वर्ष), रुचि बनिया (१५ वर्ष), प्रियंका लोध (३६ वर्ष), पारु लोध (११ वर्ष) र वडा नम्वर ११ निवासी लिलावती कुर्मी (वर्ष ३६) लाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको तिरुवाले जानकारी दिए।

सोही स्थानका विशाल लोध (८ वर्ष), मित्तल कुर्मी (३१ वर्ष), परिक्रमा लोध (१२ वर्ष), तारावती कुर्मी (५७ वर्ष), प्रितिया लोध (२० वर्ष), रामप्रसाद लोध (१० वर्ष) तथा वडा नम्वर ११ निवासी मेनका वर्मा (११ वर्ष), परिक्रमा लोध (११ वर्ष) को गुलरिया अस्पतालमा उपचार भइरहेको छ। संजना लोध (१३ वर्ष) लाई डिस्चार्ज गरिएको छ।

मेलाबाट फर्किरहेको अटोलाई भारतीय बोलेरो गाडीले ठक्कर दिँदा अटोमा सवार ४ जना घाइते भएका छन्। अटो दुर्घटमा गुलरिया नगरपालिका निवासी उत्तमप्रसाद तिमिल्सिना (३१ वर्ष), धर्मेन्द्र गुप्ता (३५ वर्ष), भगवती क्षेत्री (४० वर्ष) र आयुष घाइते भएका छन्।गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

सबै घाइतेको गुलरिया अस्पतालमा सामाजिक सुरक्षा ईकाइले निशुल्क उपचार र एम्बुलेन्सको व्यवस्था मिलाएको अस्पतालले जानकारी दिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
अन्नपूर्ण पोष्ट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1