बारा । जीतपुरसिमरा स्याउली बजारमा सिलिण्डर ग्याँस पड्किएर एकै परिवारका ४ सहित ७ जना घाइते भएका छन्।
स्थानीय नजरमान थिङ्गको घरमा शुक्रबार बिहान हुनाका लागि चिया पकाउन ग्याँस बाल्ने क्रममा सिलिण्डर पड्किँदा परिवारका चारसहित सात जना घाइते भएका हुन् ।
उक्त दुर्घटनामा परी ६७ वर्षीय नजरमान थिङ्ग, ३२ वर्षीय ज्ञानीमाया थिङ्ग, ३२ वर्षीय बौद्धमान थिङ्ग, ३२ वर्षीया अनिता थिङ्ग, ४८ वर्षीया दिलमाया वाइबा, २८ वर्षीया सुकमाया ब्लोन, २० वर्षीया ज्ञानीमाया मोक्तान, २६ वर्षीया कमलीमाया थिङ्ग रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घाईते मध्य दिलमाया वाइबा र ज्ञानीमायाको अवस्था गम्भीर अवस्थामा नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भईरहेको छ ।
डिसी नेपाल





