Breaking News
Home > Blog > भरुवा बन्दुकसहित बाजुराबाट दुई पक्राउ

भरुवा बन्दुकसहित बाजुराबाट दुई पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बाजुरा : हिमाली गाउँपालिका- १ देबीडाँडामा दुई थान भरुवा बन्दुक एक झोला,बन्दुकमा प्रयोग हुने बारुद, गोली,कटुकी नामक जडीबुटी १५ किलोसहित दुईजनालाई प्रकाउ परेका छन्। उनीहरुको साथबाट घोरलको काँचो मासु १ किलो ५ सय ग्राम पनि बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा हिमाली गाउँपालिका १ का २४ वर्षीय रबीलाल बोहोरा र २१ वर्षीय राजेश बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटले जानकार दिए।

गोप्पे सूचनाका आधारमा प्रहरी चौकी बिच्छियाबाट जेठ १९ गते गएको गस्ती टोलीले करिब १३ घण्टा लगाएर उक्त जंगलको बाटो भएर अबैध सिरकार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

बरामद गरेको सामान र उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।बरामत गरेको मासु र जडीबुटी डिभिजन वन कार्यालय कर्माडी बाजुरामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
अन्नपूर्ण पोष्ट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1