धनगढी — वर्षासहितको भीषण हुरीले बिहीबार कैलालीमा एक जनाको मृत्यु भएको छ । गोदावरी नपा, मजगाउँका वीरबहादुर चौधरीको मृत्यु भएको हो । कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूको सेती अञ्चल अस्पतालसहित विभिन्न निजी अस्पतालमा उपचार भइरहेको छ।
साँझ करिब साढे ७ देखि पौने ९ बजेसम्म चलेको हुरीले जिल्लाभरिको जनजीवन प्रभावित भएको छ। टीकापुरमा मात्र ५-६ जना घाइते छन्। हुरीले खास गरी कच्ची घरका छाना र पर्खाल भत्काएको छ। ठाउँ-ठाउँमा बिजुली पोल र रुख ढल्दा यातायात अवरुद्ध हुन पुगेको छ।
क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ। यसैबीच कञ्चपुरमा पनि हुरीले १८-१९ जना घाइते भएका छन्। उनीहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिनेश आचार्यले जानकारी दिए।
कान्तिपुर





