रुपन्देही । रुपन्देहीको ईलाका प्रहरी कार्यालय रन्यौरामा कार्यरत प्रहरी निरीक्षक केशब बहादुर बस्नेत १५ हजार रुपैंया घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार अनुसन्धान दुरुपयोग आयोग, बुटवलबाट गएको एक टोलीले सूचनाका आधारमा बस्नेतलाई बिहीबार साँझ ईलाका प्रहरी कार्यालयबाटै पक्राउ गरेको हो ।
सेवाग्राहीसँग प्रहरी निरीक्षक बस्नेतले घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीपछि अख्तियारले उनको पिछा गरिरहेको थियो । अख्तियारले उनलाई हिरासतमा राखिएको जनाएको छ ।
डिसी नेपाल





