राष्ट्रिय पुरुष भलिबलः पुलिस र एपीएफ सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब समूह विजेता बन्दै चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा पुलिसले प्रदेश नं ३ लाई ३–० सेटमा पराजित गरी समूह ‘ख’ को विजेता बन्दै सेमिफाइलमा स्थान बनाएको हो । पुलिसले प्रदेश ३ लाई २५–१४, २५–२० र २५–१८ अङ्कले हराएको हो ।

यस्तै एपीएफ क्लब प्रदेश नं १ लाई ३–० सेटमा हराउँदै समूह ‘क’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । एपीएफले प्रदेश १ लाई २५–१४, २५–१६ र २५–१६ अङ्कले पराजित गरेको हो । शुक्रबार सेमिफाइनल खेलमा पुलिसले आर्मीसँग तथा एपीएफले गण्डकी प्रदेशसँग खेल्नेछ । नेपाली सेनाले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित