नेपालमा व्यवस्थापनसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन हुने

ललितपुरको कुमारीपार्टीस्थित मेघा नेशनल कलेजले व्यवस्थापन र प्रविधिसम्बन्धि २ दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

मेघा नेशनल कलेजले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी आगामी जेठ २५ र २६ गते व्यवस्थापन र प्रविधिसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । व्यवस्थापन र प्रविधिको क्षेत्रमा अन्तराष्ट्रिय विश्वविद्यालयहरुको अनुभव प्राप्त गर्ने उद्देश्यका साथ सो अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले जानकारी दिए । सम्मेलनमा चीन, अमेरिका, बेलायत, भारत, जर्मन, फ्रान्स र कोलम्बियाका विश्वविद्यालयका प्राध्यापकहरु सहभागी हुनेछन ।

सम्मेलनमा ४५ वटा व्यवस्थापन र प्रविधिसम्बन्धि कार्यपत्र प्रस्तुत हुनेछ । अनुसन्धानकर्ताहरुले प्रस्तुत गर्ने कार्यपत्रबाट नेपालको विश्वविद्यालयले पनि व्यवस्थापन र प्रविधिको क्षेत्रमा भईरहेको विकासबारे सूसुचित हुन पाउने विश्वास लिइएको पनि कलेजले जनाएको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित