काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित लाखौँ नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।

काङ्ग्रेसले लाखौँ नेपाली युवाको गन्तव्यको रुपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्न छलफल हुनुपर्ने कारण देखाउँदै सङ्घीय संसद् सचिवालयलमा सो प्रस्ताव दर्ता गराएको हो।

काङ्ग्रेसका सांसदहरु डिला सङ्ग्रौला पन्त प्रस्तावक एवं रामबहादुर विष्ट र देवप्रसाद तिमिल्सिना समर्थक रहेको उक्त प्रस्तावमा मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखीकरण, मागपत्र प्रमाणीकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै गइरहेको जनाइएको छ।

साथै वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा विभिन्न मुलुकमा ८२१ कामदारको मृत्यु भएकाले नेपालीलाई विदेश जानु अघि सुरक्षाको विषयमा व्यावहारिक जानकारी दिने व्यवस्था शुरु गर्न नेपाली दूतावासलाई परिचालन गरी सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनसमेत उक्त विषय छलफल हुनुपर्ने प्रस्तावमा जनाइएको छ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसङ्गति हटाई वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ। झण्डै पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र वर्षेनी दशौँ अर्ब रुपैयाँ विप्रेशण (रेमिट्यान्स) भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि त्यहाँ नेपालीका लागि रोजगारीको अवसर खुम्चँदै गएको र मलेसियाली रोजगारदाता विकल्प खोज्न थालेका छन्।

गत वर्ष कात्तिक १२ गतेमा दुई देशबीच पहिलो पटक श्रम सम्झौता भए पनि सरकारले अहिलेसम्म औपचारिक रुपमा नेपाली कामदार पठाउने काम शुरु गर्न सकेको छैन। हजारौँ मजदूरलाई ठगी गर्ने कम्पनीविरुद्ध कुनै कारवाही नभएको काङ्ग्रेसले जनाएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित