काठमाडौं । भारतमा सर्पको टोकाईबाट अछामको रामारोशनका एक युवकको मृत्यु भएको छ । अछामको रामरोशन गाउँपालिका वडा नम्वर ७ चाफागाउँका परे भण्डारीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
भारतको उत्तर प्रदेशमा बस्दै आएका मृतक भण्डारी एक शोरुमको चौकिदारको रुपमा काम गर्दै आएका थिए । उनको डिउटी मै रहेको बेला सर्पले टोकेको र कही समय पछि मृत्यु भएको मृतकका दाजु दान र भण्डारीले बताए ।
अन्दाजी ३५ बर्षका भण्डारी मजदुरीका लागी केही वर्ष पहिले भारत गएका थिए ।
मृतकको सब अहीले पोष्टमाटमका लागि अस्पतालमा राखीएको र आफन्तहरु पुग्न बाँकी रहेकाले लासको पोष्टमाटम हुने नसकेको अस्पतालले जनाएको छ ।
डिसी नेपाल
सर्पको टोकाईबाट भारतमा एक नेपालीको मृत्यु
सर्पको टोकाईबाट भारतमा एक नेपालीको मृत्यु
तपाईको प्रतिक्रिया





