सांसद विकास कोष खारेज गर्न माग

खस्यौली । प्रदेशसभा सदस्यले सांसद विकास कोष खारेज गर्न माग गरेका छन्।

प्रदेश नं ५ को आजको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विशेष समयमा बोल्दै संसद् विकास कोषमार्फत रु ६ करोड प्रदान गर्ने विषय खारेज गर्न माग गरेका हुन्। “संसद् र सरकार भिडेको जस्तो देखियो, यो राम्रो भएन”, उनले भने।

प्रदेशसभाका सदस्य सुरेन्द्र हमालले रुपैडिया नाकाबाट अखाद्य वस्तु भित्रिएकाले सरकारको ध्यानाकर्षण गराए। प्रदेशसभाका सदस्य बलदेव शर्मा पोखरेलले आफू स्वस्थ्य भएको प्रदेशसभालाई जानकारी दिए।

अस्वस्थताका कारण उनी लामो समयदेखि बैठकमा उपस्थिति हुन सकेका छैनन्। भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सडक, सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरे।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित