गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, बेलायती प्रधानमन्त्री टेरेजा मेको निमन्त्रणामा नेपालका प्रधानमन्त्री केपी ओली बेलायतको औपचारिक भ्रमणमा आउने तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । गत मार्च महिनामा बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टर नेपाल भ्रमणमा गएका बखत बेलायती प्रधानमन्त्री टेरेजा मेले प्रधानमन्त्री ओलीलाई बेलायत भ्रमणको औपचारिक निमन्त्रणा पठाएकी थिइन् ।
सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आएपछि झन्डै डेढ दशक लामो समय पछि प्रधानमन्त्री ओलीको बेलायत भ्रमण हुन लागेको हो । तर २०३ वर्षको लामो इतिहाँसमा बेलायती प्रधानमन्त्रीको भने नेपाल भ्रमण भएको छैन । यहि जुन १० तारिख आइतबारका दिन प्रधानमन्त्री ओलीले लन्डन आइपुग्नेछन भने सोहि दिन अक्सफोर्ड युनियनको विशेष कार्यक्रममा सहभागी । नेपाली दूतावास लण्डनका अनुसार प्रधानमन्त्री ओली र मेबीच जुन ११ तारिख बिहान भेटवार्ता तय भएको बताइएको छ । प्रधानमन्त्री ओली १२ जुन बिहान दूतावासद्वारा आयोजित रिसेप्सनमा सहभागी हुनेछन् ।
सोहि अवसरमा आन्दोलनरत भूतपूर्व गोर्खाहरु लगायत यहाँका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने योजना रहेको छ । सोहि दिन अर्थात १२ जुनमा प्रधानमन्त्री ओली फ्रान्सको दुई दिने औपचारिक भ्रमणमा फ्रान्स जानेछन् । उनले गर्नेछन् । नेपाल (फ्रान्स दौत्य सम्बन्धको ७० औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बढी प्रगाढ हुने स्रोतले बताएको छ । बेलायती प्रधानमन्त्री मेले जुन ७ तारिख पदबाट राजीनामा दिने घोषणा गरेको अवस्थामा नेपालका प्रधानमन्त्रीको यस भ्रमण कत्तिको फलदायी हुनेछ त्यो चाही हेर्ने पर्ने हुन्छ । जुन ८ तारिख देखी नौ दिने युरोप भ्रमणमा निस्केका प्रधानमन्त्री ओली १६ जुनमा स्वदेश फर्किनेछन् । फोटो साभार अनलाइन





