काठमाडौं । पाँचथर, धनुषा, झापा र महोत्तरीका विभिन्न स्थानमा भएका आगलागीबाट करिब २ करोड ३३ लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
पाँचथरको फालेलुङ गाउँपालिका ५ स्थित कालिका माविको भवनमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब २२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
त्यस्तै धनुषाको बिदेह नगरपालिका ५ मुडेवास्थित एनसेल टावरको जेनेरेटरमा तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा जेनेरेटर मेसिन पूर्णरुपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
त्यस्तै झापाको भद्रपुर नगरपालिका ६ भानुचोकस्थित त्रिशक्ति राईस मिलमा बिजुलीको तार सर्ट भई शनिबार बिहान आगलागी हुँदा मिलमा रहेको चामल, धान, धान कुट्न बनाईएको घर र धान कुट्ने मेसिन पूर्णरुपमा जलेर करिब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
महोत्तरीको बोदेबरसाईन ३ गौरा टोल बस्ने जागेश्वर यादव समेत ५ जनाको घरमा बिजुलीको तार सट भई शनिबार बिहान आगलागी हुँदा करिब ५ लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





