अवैध लागूऔषध सहित ३ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ८ गोकर्ण पिपलबोटस्थित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका २ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ५ थली बस्ने २३ वर्षीय प्रदिप ज्योती समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामा १ हजार ३ सय २० पिस सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट मोरङ बिराटनगर महानगरपालिका ७ देवकोटा चोक घर भएका २९ वर्षीय अवेश कार्कीलाई नियन्त्रित लागूऔषध नाइट्राभेट १८ ट्याबलेट र कोरेक्स २ बोतल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा प्रहरीले बिराटनगरबाट काठमाडौं आउँदै गरेको ना ७ ख ९५४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित