गोर्खा आनलाइन रेडियो यूके,
लण्डन । बेलायतमा फेटोग्राफरको रुपमा परिचित राजेन्द्र पौडेलको छायांकन तथा निर्देशनमा लण्डनमै निर्माण गरिएको ‘बिर्सुं कसरी’ बोलको गीतको म्युजिक भिडियो बुधबार साँझ लण्डनको साउथ ह्यारोमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । पौडेलद्वारा निर्मित पहिलो म्यूजिक भीडीयोको गीतमा उनकै जीवनसंगिनी सन्ध्या पौडेलले आवाज दिएकीछिन् । यस म्यूजिक भीडीयोमा रंगमंचमा समेत सफल भूमिका निर्वाह गरिसकेकी प्रसुना कंडेलका साथमा, विकेशराज बस्नेत र रोशना कार्कीको अभिनय रहेको छ ।
तेस्तैगरी आशिष राजको संगीत तथा जे सागरको शब्द सृजना रहेकोछ । कोरियोग्राफीमा अर्चना गिरी तथा मेकअपमा अम्बिका अधिकारीको भूमिका रहेको छ । म्युजिक भिडियो विमोचन कार्यक्रममा यती नेपाली एशोसिएसन अध्यक्ष ध्रुव केसी, एनआरएन यूके महासचिव आरके त्रिपाठी, सोलिसिटर राजु थापा, पत्रकार एवम एनआरएन अभियन्ता फडिन्द्र भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
बिर्सुं कसरि म्यूजिक भीडीयो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=nf8hTGKd-5o[/embedyt]





