काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारको नेतृत्व परिवर्तन हुुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व छाड्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने विश्वास व्यक्त गरे ।
उनले पार्टी एकताका बेला आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको उल्लेख गर्दै त्यही सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए । उनले त्यही सहमतिअनुसार अगाडि नबढे पार्टी एकता बिथोलिे बताए । प्रेस संगठन प्युठानले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहमतिको अक्षरशः पालना हुनुपर्ने बताए ।
केही समयअघि नेकपा अध्यक्ष प्रचण्डले पनि पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेका थिए । प्रचण्डले त्यतिबेला पार्टी एकताकै बेला यस्तो सहमति भएकोले अब आफ्नो प्रधानमनत्री बन्नेृ पालो आएको दावी गरेका थिए । अहिले गौतमले पनि प्रचण्डकै कुराको समर्थन गर्दै यस्तो बताएका हुन् ।
डिसी नेपाल





