गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, बेलायतको बर्मिंगहमस्थित श्री पशुपतिनाथ मन्दिरमा त्रीदिवसीय भगवदगीता प्रवचनका लागि नेपालबाट बेलायत आएका श्री चैतन्य कृष्णले विश्वभरी छरिएर बसेका गैर आवासीय नेपालीहरु प्रति विशेष अनुरोध गरेका छन् । एनआरएनले गरेका क्रियाकलापहरुको प्रशंसा गर्दै नेपालमा एनआरएनद्वारा गरिने सम्मेलनलाई पांचतारे होटलमा मात्र सिमित नराखी विकट र दुर्गम स्थानहरुमा पनि गर्न सकेमा त्यस्ता विकट स्थानहरुको विकासमा पनि टेवा पुग्ने उनले बताएका छन् । नेपालमा त्यस्ता सुन्दर ठाउँहरु छन् जहाँ विदेशीहरुको मात्र हैन नेपालीहरुको पनि नजर पुग्न सकेको छैन । तसर्थ प्रत्यक पटक तेस्ता स्थानहरुमा गैर आवासीय नेपालीहरुले कार्यक्रमको आयोजना गर्न सकेको खण्डमा विश्व जगतमा तेस्ता ठाउँहरु परिचित हुने र त्यो ठाउँको जीवनस्तरलाई माथि उठाउन सकिन्छ ।
यस बारेमा गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्ष भवन भट्ट लागायत उपाध्यक्ष कुल आचार्य समेतलाई अनुरोध गरिसकेको चैतन्य कृष्णले बताएका छन् । हामी जहाँ बसे पनि आफ्नो मातृभूमी, आमाबाबा, धर्म संस्कृति, मूल्य र परम्परालाइ कहिले पनि बिर्सन नहुने उनले बताएका छन् । आफू विदेशमा भएपनि नेपालको विकासका लागि सोच्नुपर्ने र विदेशमा भएका राम्रा कुराहरुलाई नेपालमा भित्र्याएर राष्ट्र निर्माणमा सक्दो सहयोग गर्न समेत उनले अनुरोध गरेका छन् । स्याङ्जा पाल्पाको सिमाना जहाँ ऋषी मार्कण्डेयको जन्मभूमी अनि उत्तरबाहिनी गण्डकीको प्रवाह रहेको स्थान, जुन धार्मिक दृष्टिले निकै नै महत्वपूर्ण रहेको छ । यस्ता खालका थुप्रै धार्मिक स्थलहरु नेपालमा रहेका छन् तसर्थ यस्ता ठाउहरुमा गैर आवासीय नेपालीहरुले कार्यक्रमको आयोजना गर्न सकेमा विश्वको ध्यान केन्द्रित गर्न सकिनेछ ।
सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरे अनुरुप हामीले यस्ता धार्मिक स्थलहरुलाई विश्वसामू चिनाउन सकेमा विश्वभरिका हिन्दू बौद्ध लगायतका लाखौँ तीर्थयात्रीहरुलाई नेपाल भित्र्याउन सकिने उनको धारणा रहेको छ । उत्तरबाहिनीमा आस्था च्यानलबाट विश्वभरी गरिएको प्रत्यक्ष प्रसारणमा ११ दिनभित्र ३ लाख व्यक्तिहरुको उपस्थिति रहेको अनुभव उनले बताए । एकैदिनमा ४ करोडले स्नान गरेको प्रयागको उदाहरण दिदै उनले भने नेपालमा पनि तेस्ता कैयौं स्थानहरु छन् जसलाई अगाडी बढाउन सकेमा विश्वको नजर नेपालमा पार्न सकिनेछ । देश विकासको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको गैर आवासीय नेपाली संघले पर्यटन भित्र्याउने काममा पनि महत्वपूर्ण भीमिका खेल्नुपर्ने चैतन्य कृष्णले बताएका छन् ।
एनआररएनको नेतृत्व लिनेले एक कार्यकालमा कम्तिमा एउटा मात्र पर्यटक स्थलको विकास गर्न सकेमा नेपाल सरकारले भिजिट नेपाल २०२० जस्ती नारा लगाइरहन नपर्ने र स्वयं पर्यटकहरु नेपाललाई खोज्दै आउने उनको धारणा रहेको छ । “नेपाली हामी रहुँला कहाँ नेपालै नरहे” तसर्थ देश विकासको क्षेत्रमा निरन्तर अग्रणी भूमिका खेल्दै राष्ट्र निर्माणमा सहयोग गर्न चैतन्य कृष्णको विश्वभरी रहेका नेपालीहरुप्रति अनुरोध रहेको छ ।
भौतिक विज्ञान अध्ययन गर्दैगर्दा आफ्ना जिज्ञासाहरू भौतिक विज्ञानबाट प्राप्त हुन् नसकेर धर्मविज्ञानबाट मात्र प्राप्त हुन सक्ने ठहर गरेर यस क्षेत्रमा प्रवेश गरेका चैतन्यले पूर्वीय दर्शनको धरातल र यसको गरिमालाई वैज्ञानिक तथ्यद्वारा आधुनिक भौतिक विज्ञानका अनुयायीहरुलाई बताउदै आएका छन् । उनले संस्कृत भाषामा लेखिएको ७ सय श्लोक भएको गीता १२ दिनमै कण्ठ गरेर नयाँ कीर्ति कायम गरेका थिए जुन भारतको इतिहासमा गीता २० दिनमा एकजनाले कण्ठस्थ पारेको रेकर्ड भेटिन्छ । त्यस्तै सोही अवधिमा अष्टाध्यायीका ४००० मध्ये २ हजार संस्कृत सूत्र, भागवतको २५ सयजति महत्त्वपूर्ण श्लोकसमेत कण्ठस्थ गरेर सुनाए । यतिमात्रै होइन कुन शब्द कुन श्लोकमा र कुन अध्यायमा रहेकोसमेत बताइदिएपछि उनीसँग सन्तहरूसमेत प्रभावित हुन पुगेका थिए । बेलायतमा भएका विभिन्न कार्यक्रम पश्चात चैतन्य कृष्ण कतारमा आयोजना हुन लागिएको कार्यक्रममा सहभागी हुन कतार्तर्फ़ जादैछन ।
चैतन्य कृष्णद्वारा गरिएको भिडियो शन्देश हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=gQ1rtzWjOBA[/embedyt]





