भारतमा नक्कली मदिरा,सत्रको ज्यान गयो

नयाँ दिल्ली। भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु हुनुका साथैै अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।

रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु भएको हिजो जनाएका थिए। आज सो सङ्ख्या बढेर १७ पुगेको एक प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

स्थानीय मिडियाले हिजो नै मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको बताएका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिएका थिए।

सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो। भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंङ्गाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्सेनि धेरैको ज्यान जाने गरेको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित