काठमाडौं : बुधबार देशभर गणतन्त्र दिवस मनाइँदैछ। २०६५ जेठ १५ गते संविधानसभाले राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र नेपाली जनताले प्राप्त गरेको विशिष्ट राजनीतिक उपलब्धि हो। गाण्तन्त्रपछि २३८ वर्ष लामो राजतन्त्र अन्त्य भएको छ। मुलुकमा नयाँ संविधान जारी भई संघीयता कार्यान्वयन प्रक्रिया अगाडि बढेको छ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै समृद्ध नेपाल–सुखी नेपालीप्रति सरकार अग्रसर रहेको स्पष्ट पारेका छन्।

राष्ट्रपतिको सन्देशमा गणतन्त्र राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रूपान्तरणको व्यवस्था भएको सन्देशमा उल्लेख छ। ‘विश्वमै लोकप्रिय तथा समृद्ध पद्धतिका रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ,’ राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले विकासको प्रस्थानबिन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा रहेको सन्देशमा उल्लेख गरेका छन्। ‘हामीले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएका छौं। संकल्प सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा छ, ‘गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो। जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य छ।’
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित