रुकुमपश्चिम । करेन्ट लागेर मुसिकोट नगरपालिका–१३ मा एक बालकको मृत्यु भएको छ।
बिजुलीको खम्बा अड्याउनका लागि तानिएको तारबाट करेन्ट लागेर जिल्लाको सानीभेरी गाउँपालिका–१० अर्माका ११ वर्षीय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मुसिकोट १३ छिवाङमा रहेको फुपूको घर आएको बेला आज बिहान उनलाई करेन्ट लागेको थियो। साथीहरूसँग बिजुलीको पोल अड्याउनका लागि तानिएको तारमा खेलिरहेका बेला करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिए।
करेन्ट लागेर गम्भीर घाइते भएका परियारलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताए। परियारको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
डिसी नेपाल





