गोर्खा रेडियो यूके,
“धेरै चोटी भेट भयो तर बात भएन, तिम्रो याद बिना निदाको कुनै रात भएन” लोकप्रिय अनि सदाबहार गायक हिमाल सागरको “ए माया” बोलको गीतको म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा चर्चित नायक पल शाह र सुन्दरी नायिका वर्षा राउतको जोडदार अभिनय हेर्न सकिनेछ । दीपक प्रसाद ओलीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको यस गीतको म्यूजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । विकास धमलाको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ । म्यूजिक भिडियोलाई द डिभाइन म्यूजिकले युट्युब मार्फत सार्वजनिक गरेको छ । छोटो समयमा नै दर्शकहरुले निकै मन परेको गायक हिमाल सागरले बताएका छन् । १२ घण्टा नबित्दै युट्युबमा करिब २ लाख जनाले हेरिसकेका छन् ।
“ए माया” बोलको गीतको म्यूजिक भीडीयो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=r4O6lbs6QFk[/embedyt]





