गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, बेलायतको बर्मिंगहमस्थित श्री पशुपतिनाथ मन्दिरमा त्रीदिवसीय भगवदगीता प्रवचन कार्याक्रम आरम्भ भएको छ । भर्खरै नेपालबाट आउनुभएका युवा विद्द्वान श्री चैतन्य कृष्णद्वारा वाचन गरिने सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी रहनुभएको छ । साथै नेपाली दूतावास लन्डनद्वारा आधुनिक नेपाली संगीतका मुर्द्दन्य श्रष्ठा बरिष्ठ गायक प्रेमध्वज प्रधानको विशेष सम्मानमा आयोजित कार्यक्रममा पहिलोपटक बेलायत आइपुगेका ८१ वर्षीय गायक प्रेमध्वज प्रधानको पनि उपस्थी रहेको छ । श्रेष्ठलाई “बसुन्धराश्री पुरस्कार २०७५” द्वारा सम्मानित गरिएको थियो ।
श्री पशुपतिनाथ मन्दिर अफ यूके मूल आयोजक रहेको सो धार्मिक कार्यक्रममा बेलायतका विभिन्न स्थानहरुबाट उपस्थिति रहने छ । यहि मे २६ तारिखदेखि मे २८ तारिखसम्म हुन् गैरहेको उक्त कार्यक्रको आयोजकहरुमा शान्ति नेपाली समाज, साझा नेपाली सामाज यूके, नोटिंगहम नेपाली समाज,पिटरबरो नेपाली समाज, सृजनशील लेष्टर नेपाल यूके,हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड, नेपाली सेफ एसोसिएशन यूके र गोर्खा नेपाली समाज डर्वी रहेका छन् । 
तेस्तैगरी कार्यक्रमममा अतिथि सत्कार तथा व्यबस्थापनको जिम्मा शान्ति नेपाली समाजले लिएको छ भने प्रचार प्रसार संयोजकको भूमिका साझा नेपाली समाज यूकेले लिएको छ । तेस्तैगारी मे २९ तारिखका दिन लिभरपुल हिन्दू मन्दिरमा पनि कार्यक्रमको आयोजना गरिनेछ । कार्याक्रममा सहभागी हुनको लागि श्री चैतन्य कृष्णले सम्पूर्ण बेलायतवासी समक्ष अनुरोध गर्नुभएको छ ।
भीडीयो शन्देश यसप्रकार रहेको छ ।
बेलायतको बर्मिंहममा त्रीदिवसीय श्रीमदभागवतगीता अमृत महोत्सव शुरु
बेलायतको बर्मिंहममा त्रीदिवसीय श्रीमदभागवतगीता अमृत महोत्सव शुरु
तपाईको प्रतिक्रिया





