Breaking News
Home > Blog > भिड्नु पनि पर्दो रै’छ : कुलमान

भिड्नु पनि पर्दो रै’छ : कुलमान

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चर्चामा छन्। रसुवामा सब स्टेशन निर्माणमा अवरोध भएपछि उनी स्थानीयसँग बाझाबाझमै उत्रिए। काठमाडौंमा लेखा समिति बैठकमा सांसदहरूसँग आरोप-प्रत्यारोपमा लागे। के कुलमान जसरी पनि काम फच्चे गर्न लागिपरेका छन् वा उनी कामको दबाबमा छन्? कि उनलाई आफ्नै व्यक्तित्वले थिचिरहेछ? सेतोपाटीका मनोज सत्याल, रवीन्द्र शाही र विवेक राईले कुलमानसँग गरेको कुराकानीको सम्पादित अंश :

कुलमान घिसिङलाई उर्जावान मान्छे भनेर जनताले चिनिराखेका थिए। तर रसुवामा तपाईं जनतासँगै भिड्नुभयो। प्रतिनिधि सभाको लेखा समितिमा पनि मर्यादा भुलेर रिसाएको देखियो नि?

रिसाउनेभन्दा पनि कार्यान्वयनको तहमा जाँदा त्यो ‘एग्रेसिभनेस’ देखाउनु पर्ने बाध्यात्मक स्थिति हुँदो रहेछ। रसुवामा पनि परिस्थिति बुझ्दा दुई जना मान्छेले दुई सय जना मजदुरलाई काम गर्न रोकेका थिए। कुनै खास कारण नै थिएन। आम मानिसहरूको मुद्दा पनि थिएन। मात्र व्यक्तिगत स्वार्थमा त्यस्ता कुरा भएको थियो। कुनै पनि ठाउँमा काम भएन भने दोष विद्युत प्राधिकरण र कुलमान घिसिङलाई आउँछ। त्यसैले मैले हस्तक्षेप गर्न खोजेको हो। त्यहाँको माहौल बनाउन खोजेको हो। प्रोजेक्ट टिमलाई ढाडस दिन खोजेको हो। आयोजनामा काम गर्नेहरूलाई माथिबाट सहयोग गर्न सकिएन भने कहाँ काम हुन्छ? स्थानीय भन्दैमा एक जनाले प्रोजेक्ट नै बन्द गरिदिने? यो स्थिति हुन हुँदैन भनेर मैले हस्तक्षेप गरेको हो। रसुवामा म जसरी प्रस्तुत भएँ रिसाएजस्तो देखियो। कहिलेकाहिँ अलिकति ‘एग्रेसिभ’ हुनुपर्छ। प्रोजेक्टहरू कार्यान्वयनमा जाँदा यस्तो हुन्छ।

जहाँसम्म लेखा समितिको कुरा छ, कसैलाई व्यक्तिगत तहमा आरोप लगाउनु राम्रो होइन। लेखा समिति सम्मानित संस्था हो। तर त्यहाँ व्यक्तिगत लाञ्छना लागाउने कुरा भयो, एक जना सांसदबाट। मेरो आवेश त्यसको प्रतिउत्तर हो। तर मैले उहाँलाई अनादर गर्ने गरी केही बोलेको छैन। जुन हिसाबले उहाँ प्रस्तुत हुनुभयो त्यसको जवाफ दिएको मात्र हो।
सेतोपाटी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1