बाजुरा । बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ। रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले यहाँ निरन्तता पाएको भेटिन्छ।

महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन्।

साविकको डोगडी गाविस हाल खप्तड छेडेदह गाउँपालिका–५ का महिला महीनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्छन्।

छाउपडी भएका बेला घरभित्र पस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दही महीजस्ता पोषणयुक्त खानेकुरा खान नदिने गरेको स्थानीय महिला भुजी सुनारले बताए।

स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय महिलाको आरोप रहेको छ। परम्परागत सामाजिक मूल्य र मान्यता, जनचेतनाको कमी, लैङ्गिक विभेद, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण यो प्रथाले निरन्तरता पाउँदै आएको स्थानीय सीता सुनारले बताए।

ओछ्याउने कपडाको अभावमा जाग्राम बसेर रात काट्नुपर्ने बाध्यता रहेको स्थानीय लक्ष्मी रावतले बताए। कानूनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, रु तीन हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ।

गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले आफूहरुले गाउँपालिकाबाट विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकाले छाउगोठ नभएको दाबी गरे। यदि यो प्रथालाई प्रश्रय दिएको पाइएमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्न उनले आग्रह गरे।

अध्यक्ष रावतले जो पीडित महिला छन् उनीहरुले गाउँपालिकामा उजुरी दिन अनुरोध गदैँ गाउँपालिकाले त्यस्ता गतिविधि अन्त्य गर्ने विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए। हाल बाजुराका नौ वटा स्थानीय तहमा रहेको तीनसय छाउगोठमध्ये २०० बढी भत्काइ सकिएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित