Home > Blog > साढे तीन करोड बढी भारतीय नक्‍कली नोटसहित विमानस्थलबाट छजना पक्राउ

साढे तीन करोड बढी भारतीय नक्‍कली नोटसहित विमानस्थलबाट छजना पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन करोड बढी भारतीय नक्‍कली नोटसहित छजना पक्राउ परेका छन्।विमानस्थलका सुरक्षा प्रमुख सन्दिप भण्डारीका अनुसार साढे तीन करोडभन्दा बढी रकमसहित शुक्रबार दिउँसो छजना पक्राउ परेका हुन्।कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिकसहित छजना पक्राउ परेका हुन्।

पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर,महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो।
रकम रिसिभ गर्न गएका अन्य तीन नेपालीलाई प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको छ।

पक्राउ पर्ने नेपालीमा युनिस अन्सारी, सोयर खान र सुजन रानाभाट छन्।अहिलेसम्म दुईवटा सुटकेसमा ल्याएको रकम तीन करोड 60 लाख रहेको प्रहरीले जनाएको छ।थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेमा अन्सारी पटकपटक जाली नोट प्रकरणमा पक्राउ पर्दै रिहा हुँदै आएका व्यक्ति हुन् । तीन पाकिस्तानीले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार उनै अन्सारी विमानस्थल पुगेका थिए।

विगत नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी शुक्रबार प्रतिबन्धित भारु दुई हजारका नोट नेपाल भित्र्याउने क्रममा पक्राउ परेका हुन्।

रकम लिएर आउने पाकिस्तानी नागरिक तीन र रकम लिन विमास्थल पुगेका अनसारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नोट र लागुऔषध ओसारपसार गरेको अभियोगपछि चार वर्ष कैद सजाय काटिसकेका अन्सारी पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन्।

अन्सारी पहिलो पटक २०६५ मा त्रिपुरेश्वरबाट २५ लाख भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए । नक्कली नोट कारोबारपछि जेलपर्दासमेत उनले नक्कली नोट मगाउने गरेको रहस्य खुलेको थियो। उनी कारागारमै हुँदा उनकै सेटिङमा २०६७ मा ४० लाख बढी नक्कली नोटसहित एकजना पक्राउ परेका थिए । अन्सारीमाथि २०६७ फागुन २६ गते केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो।
अन्नपूर्ण पोष्ट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1