Home > Blog > फेवातालको संरचना हटाउन अल्टिमेटम

फेवातालको संरचना हटाउन अल्टिमेटम

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लेखनाथ — फेवातालको ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थायी संरचना हटाउन पोखरा महानगरपालिकाले बिहीबार सूचना जारी गरेको छ । महानगरले १५ दिनभित्र संरचना हटाउन अल्टिमेटम दिएको हो । अटेर गरी त्यस्ता संरचना नहटाएमा महानगरले हटाउने र उक्त खर्च सम्बन्धित व्यक्तिबाट नै असुर उपर गर्ने महानगरले जनाएको छ ।

महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले ड्यामसाइडदेखि गैह्राको चौतारा खपौंदीसम्मको संरचना हटाइने बताए । उनले भने, ‘फेवाताल वरपर के कति संरचना छन् भने एकिन गरी पठाउन सम्बन्धित वडालाई पत्राचार भइसकेको छ ।’

कान्तिपुर

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1